अमेरिकालाई साथ दिएको मूल्य यूएईले चुकाउनुपर्नेछ : इरान
काठमाडौँ । अमेरिकालाई सहयोग दिएको आरोप लगाउँदै संयुक्त अरब इमिरेट्स (यूएई)ले त्यसको गम्भीर परिणाम भोग्नुपर्ने इरानले बताएकाे छ ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका सदस्य इस्माइल कोसारीले हालै इरानमाथि भएका अमेरिकी आक्रमणमा यूएईले सहयोग गरेको आरोप लगाउँदै यस्तो बताएका हुन् ।
बीबीसी फारसीका अनुसार कोसारीले भने, यूएईले आफ्ना गतिविधिमार्फत आफूलाई इरानका शत्रुहरूको पक्षमा उभ्याएको छ । उसले यो समर्थनको मूल्य निकै महँगो पर्ने बताए ।
उनले इरानी सशस्त्र बलको जनरल स्टाफले यसअघि नै इरानविरुद्ध आक्रमण गर्ने शक्तिलाई कुनै पनि प्रकारको सहयोग गरे कडा जवाफ दिइने चेतावनी दिएको स्मरण गराए ।
कोसारीका अनुसार यदि इरानमाथि थप आक्रमण भयो भने इरानी सशस्त्र बलले यूएईको समुद्री, रेल र हवाई यातायातसँग सम्बन्धित पूर्वाधारका साथै तेल र ग्यास उद्योगलाई पनि निशाना बनाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण