शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी

शुक्रबार, २६ असार २०८३, १५ : २९
शुक्रबार, २६ असार २०८३

काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनमा पर्यटन व्यवसायी तथा रुप्से होलिडेज प्रालिका अध्यक्ष रमेश पराजुलीले भरत जंग पाण्डेको नेतृत्वमा रहेको समूहबाट सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

दुई दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा सक्रिय पराजुलीले नेपाल–भियतनाम चार्टर उडान सञ्चालन, नयाँ गन्तव्य प्रवर्द्धन तथा स्पोर्ट्स टुरिजमको विकासमा योगदान पुर्‍याउँदै आएका छन्।

उम्मेदवारी घोषणा गर्दै उनले नाट्टा लाई थप प्रभावकारी, प्रविधिमैत्री, पारदर्शी र सदस्यकेन्द्रित संस्था बनाउने प्रतिबद्धता जनाएका छन्। सदस्य सहायता प्रणालीलाई डिजिटल बनाउने, प्रदेश तथा जिल्ला तहका सदस्यसँग समन्वय बढाउने, युवा पर्यटन उद्यमीको सहभागिता विस्तार गर्ने र व्यवसाय प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिने उनको भनाइ छ।

पराजुलीले आगामी निर्वाचनलाई संस्थाको भविष्य निर्माण गर्ने अवसरका रूपमा उल्लेख गर्दै भरत जंग पाण्डेको नेतृत्वमा रहेको समूहलाई विजयी गराउन सदस्यहरूसँग आग्रह गरेका छन्। साथै पर्यटन उद्योगको समग्र विकासका लागि सदस्यहरूको सुझाव र सहकार्य आवश्यक रहेको उनले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप