महिनावारीको क्रममा ध्यानमा राख्नुहोस् यी ७ कुरा, कम हुनेछ पीडा
महिनावारीको क्रममा युवती र महिलाले निकै पीडा सहनुपर्छ । तर यतिबेला केही सावधानी अपनाए पीडालाई कम गर्न सकिन्छ ।
चक्लेटः पीडा भइरहेका बेला चक्लेट खानुहोस् । यसमा म्याग्नेसियम र एन्डोर्फिनका साथै क्याफेन र आइरन पनि हुन्छ । यसले पीडाबाट राहत दिलाउँछ, मूड राम्रो बनाउँछ र ऊर्जा प्रदान गर्छ ।
तातो दुधः यसमा पाइने क्याल्सियम र मिनरल्सका साथै आइरनले पीडा र कमजोरीबाट राहत दिलाउँछ । साथै यसले रगतको कमीको पूर्ती गर्दछ ।
केराः महिनावारी भएका बेला २ वा ३ वटा केरा खानुहोस् । यसमा पोटासियम र म्याग्नेसियम हुन्छ जसले पीडा कम गर्दछ ।
अदुवाः पानीमा अदुवा उमालेर त्यसमा मह हालेर चिया जस्तै खानुहोस् । यसको एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लामेटरी तत्वले पीडा र कमजोरी हटाउँछ ।
हरियो सागसब्जीः खानामा पालुङ्गो, मेथी, ब्रोकोली, बन्दाजस्ता तरकारी समावेश गर्नुहोस् । यसमा आइरन, म्याग्नेसियमजस्ता मिनरल्स र प्रचुर मात्रामा भिटामिन पाइने भएकाले यसले कमजोरी र रगतको कमीलाई टाढा राख्छ ।
मेवाः मेवाका ४ वा ५ स्लाइस खानुहोस् । यसमा पाइने क्यारोटिन, आइरन, क्याल्सियम र भिटामिनले पीडा र कमजोरीबाट राहत दिलाउँछ ।
भुँइ कटरः भुँइ कटरको ४–५ स्लाइस खानुहोस् । यसमा ब्रोमलेन नामक एन्जायम पाइन्छ जसले मांसपेशीलाई आराम दिलाउँछ र पीडाबाट छुटकारा दिन सहयोग गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
-
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
-
‘बालविवाह गरेका तीनजनालाई भेट्दा मेरो मस्तिष्क नै हल्लियो’
-
डाँका मुद्दामा २०५६ सालदेखि फरार प्रतिवादी पक्राउ
-
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण
-
विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर भोलिबाट पुनः सञ्चालनमा आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण