रुकमांगददेखि शिवसेनाले यसरी मनाए एकता दिवस (फोटोफिचर)
बुधबार, २७ पुस २०७३, १६ : २९
काठमाडौँ – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९५ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ ।
बुधबार बिहान विभिन्न संघ संस्था र राजनीतिक दलका नेताहरुले सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाएका हुन् ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा लगायतका वक्ताहरुले आधुनिक नेपालको निर्माणमा शाहवंशीय राजा पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा सहभागी भएकाहरुले पृथ्वी जयन्तिको दिनलाई सार्वजनिक विदा नदिएको भन्दै सरकारको आलोचना समेत गरेका छन् ।
कार्यक्रममा २ सय ९५ औँ राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति, राष्ट्रिय एकता मञ्च, शिव सेना नेपाल, हिन्दू राष्ट्र जागरण अभियान नेपाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थिति थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण