सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

३५० करोड कमाउने पहिलो बलिउड चलचित्र बन्यो दंगल

बुधबार, २७ पुस २०७३, १६ : ४४
बुधबार, २७ पुस २०७३
मुम्बई – आमिर खान अभिनित चलचित्र दंगलले बक्स अफिसमा हंगामा मच्चाउँदे एकपछि अर्को किर्तिमान तोडिरहेको छ । केही दिनअघि मात्र सलमान खानको सुल्तानले बनाएको किर्तिमान तोडेको दंगल ३५० करोड भारु कमाउने पहिलो चलचित्र बनेको छ । चलचित्र रिलिज भएको १९ औँ दिनसम्म पनि यसले राम्रो व्यापार गरिरहेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार चलचित्रले हालसम्म ३५३.६८ करोड भारु कमाइसकेको छ ।   यअसघि आमिरकै थ्री इडियट्स २ सय करोड बनाउने पहिलो चलचित्र बनेको थियो भने उनकै पिके ३ सय करोड कमाउने पहिलो चलचित्र बनेको थियो । अहिले दंगलले त्यो आँकडालाई पार गर्दै ३५० करोड भारु कमाउने पहिलो चलचित्र बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप