सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पृथ्वी जयन्तीमा पुगे खाँटी राजतन्त्रवादीदेखि गणतन्त्रवादीसम्म (फोटोफिचर)

बुधबार, २७ पुस २०७३, १६ : ५६
बुधबार, २७ पुस २०७३

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान कार्यक्रमको आयोजना गरेर पृथ्वी जयन्ती मनाएको छ ।

२ सय ९५ औं पृथ्वी जयन्तीको अवसरमा पार्टीले बुधबार काठमाडौँको भृकुटीमण्डपमा चियापान समारोह आयोजना गरेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्र्टीले राष्ट्रलाई एकतावद्ध बनाएर लैजान पनि सरकारले पृथ्वी जयन्तिलाई राष्ट्रिय पर्वको रुपमा लिएर सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएको छ ।

कार्यक्रममा प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

पृथ्वी नारायण शाहलाई आधुनिक नेपालका निर्माता मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप