सुवरेजको १ सयौँ गोलसँगै बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा
बार्सिलोना – लुइस सुवारेजले क्लबका लागि १ सयौँ गोल पूरा गर्दा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई पराजित गर्दै कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सुवारेजले १२० खेलमा बार्सिलोनाका लागि १ सयौँ गोल पूरा गरेका हुन् ।
क्लबका लागि सबैभन्दा छिटो १ सयौँ गोल पूरा गर्ने उनी तेस्रो खेलाडी पनि बनेका छन् । यसअघि मारियानो मार्टिनले ९९ खेल तथा लास्जलो कुबालाले १ सय ३ खेलमा सय गोल पूरा गरेका थिए ।
लियोनेल मेस्सीलाई यो उपलब्धि हात पार्न १ सय ८८ खेल लागेको थियो ।
पहिलो लेगमा १–२ गोल अन्तरले पछि परेको बार्सिलोनाका लागि सुवारेजले ३५ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि दोस्रो हाफमा नेयमारले पेनाल्टीमार्फत बार्सिलोनालाई अग्रता दिलाए पनि त्यसको केही क्षणमा नै एथ्लेटिकका स्ट्राइकर साबोरिटले खेल बराबरीमा ल्याए ।
खेल अतिरिक्त समयतर्फ बढिरहँदा मेस्सीले खेलको ७८ औँ मिनेटमा फ्रिकक मार्फत गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
सन् २०१७ मा मेस्सीले फ्रिकिक मार्फत गरेको तीन खेलमा तेस्रो गोल हो ।
जीतसँगै बार्सिलोना लगातार सातौँ सिजनमा कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको हो ।
गत अक्टोबरदेखि अपराजीत रहेको बार्सिलोना निराशजनक बराबरी खेलहरुपछि ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा ५ अंकले पछि परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण