स्वस्थानी व्रत शुरु : शालीनदीमा एक महिने मेला लाग्ने
काठमाडौं – शङ्करापुर नगरपालीकामा अवस्थित धार्मिक शाली नदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मिक मेला विहिबारदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष माधवनारायणको मुर्ती शालीनदीमा ल्याएर मेला सुरु हुने व्यवस्थानपन समितीले जानकारी दिएको छ ।
तिथी ढिलाबाट सुरु हुने भएपनि बिहानैदेखि दर्शनाथीहरुको बाक्लो उपस्थिति मन्दिर वरपर रहेको छ ।
श्री स्वस्थानीमा रचना भएअनुसार गोमा ब्रामहणी पुत्रनवराज राजाले राज्य गरेको प्राचिन नगर लावण्य देश साँखुको बाहिर रहेको नदी किनारमा भक्तजनहरु एक महिनासम्म पूजाआराधना गर्दै व्रत बस्ने गरेका छन् ।
प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आजबाट सुरु भएको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ ।
सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी ब्रत कथाको धार्मिक जनविश्वास रहेको छ ।
पौष शुक्ल पूणिर्मादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी सङ्कल्पपूर्वक व्रत बस्ने चलन रहेको छ । एक महिनापछि समापन हुने क्रममा अक्षता, बेलीपुष्प, सुपारी, फलफूल रोटी लगायतका नैबेत बनाई सबै १०८ का दरले चढाई शिवलिङ्गसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूजा गरिने प्रचलन छ ।
ग्रन्थमा उल्लेख भएअनुसार आफ्नो नजिकको मानीसलाई उक्त प्रसाद दिएमा ब्रत सिद्ध हुने जनविश्वास रहेको छ ।
शाली नदी पुग्नको लागि श्रद्धालुहरुले ललीतपुरको सातदोबाटो, काठमाडौ रत्र्नपार्क, चावहिल चोक, पर्यटकीय स्थल नगरकोटबाट समेत सार्वजनिक यातायातका साधन पाउन सकिन्छ ।
यता भक्तपुर हुदै जान चाहने हरुले नगरकोट सडक खण्ड अन्र्तगतको तेलकोटबाट २० मिनेटको पैदल हिँडेर समेत पुग्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण