जहाज खरिद प्रकरण : वायुसेवाका एमडीसँग पर्यटनमन्त्री असन्तुष्ट
काठमाडौं– नेपाल वायुसेवा निगमले किन्न लागेको वाइड बडी जहाज खरिद प्रकरणमा पर्यटनमन्त्री जीवन बहादुर शाही र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारबीच खटपट शुरु भएको छ ।
निगमले जहाज खरिदका लागी आह्वान गरेको प्रस्तावमा शर्त बमोजिमको कागजात पेश नगरेको कम्पनीलाई विमान खरिदको जिम्मा दिन लागेको भन्दै मन्त्री शाही कंसाकारसँग असन्तुष्ट बनेका हुन् । कंसाकारले केही समयअघि पत्रकार सम्मेलन गरेर अमेरिकी कम्पनीसँग वाईड बडी खरिद सम्झौता गरिने बताएका थिए । ‘हामीले जहाज ल्याउनुपर्छ तर गलत ढंगले हैन’ रातोपाटीसँग कुरा गर्दै पर्यटनमन्त्री शाहीले भने, ‘अहिले हाम्रो मेनेजमेन्ट नै यस्तो छ, जहाज थपेर ल्याएर पनि मेनेजमेन्ट गर्नसक्ने अवस्था छैन, पहिले हामीले निगमको व्यवस्थापन मजबुद बनाउनुपर्छ ।’
मलेसियाजस्तो गन्तव्यमा अन्य जहाजहरुले दैनिकजसो जहाज उडाउँदा निगमको व्यवस्थापन फितलो भएकै कारण हप्ताको तीन दिनमा सिमित बनिरहेको छ । यता, बायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले एयरबस कम्पनीका एसिया निर्देशक शिल शुक्लासँगको मिलेमतोमा नियमविपरीत प्रमाण नपुगेको अमेरिकी कम्पनी एएआर कार्पोरेशनसँग जहाज खरिद संझौता गर्न लागेपछि मन्त्री शाही असन्तुष्ट बनेको मन्त्रालय स्रोतको भनाई छ ।
कमिशनको चक्करमा ‘खरिद ऐन’ विपरीत जहाज खरिदको तयारी
‘मन्त्रीज्यू खरिद प्रक्रिया पूरा गरेका नेपाली कम्पनीलाई नै जहाज खरिदको जिम्मा दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ’ मन्त्रालयका एक सह–सचिवले रातोपाटीसँग भने, ‘तर बायुसेवाका एमडीले, ‘नेपालमा भएका सबै कम्पनी कुवाका भ्यागुता हुन्, एएआर अमेरिकी कम्पनी हो त्यसले राम्रो गर्छ’ भनेपछि मन्त्री असन्तुष्ट हुनुभएको हो ।’ कंसाकारले मन्त्रालयलाई समेत बाईपास गरेर जहाज खरिद संझौताको तयारी गरेपछी मन्त्री शाहीले प्रधानमन्त्रीलाई समेत भेटेर यसबारे गुनासो गरिसकेका छन् । कंसाकारप्रछि पर्यटन सचिव शंकरप्रसाद अधिकारीसमेत असन्तुष्ट रहेको बताइएको छ । नियमविपरीत जहाज खरिद सम्झौत गर्न लागेको भन्दै कंसाकारमाथी छानविनको माग गर्दै अख्तियारमा उजुरी समेत परिसकेको छ ।
जहाज खरिदको टेण्डरमै गोलमाल, छानविनको माग गर्दै अख्तियारमा उजुरी
निगमले २०७३ असोज १० गते अन्तर्राष्ट्रिय उडानका लागी ए–३३०–२०० सिरीजका दुईओटा वाइडबडी जहाज खरिदका लागी ग्लोवल टेण्डर आह्वान गरेको थियो । जसमा ११ ओटा कम्पनीले विमान दिलाउने प्रस्ताव गरेका छन् ।निगमका एक उच्च अधिकारीका अनुसार एयरबससँग सिधै विमान खरिद गर्दा कमिशन नआउने भएकाले शिल शुक्लासँगको मिलेमतोमा कंसाकारले तिनै ११ ओटा कम्पनी मध्येबाट सार्वजनिक खरिद ऐन विपरीत एएआर नामक अमेरिकी कम्पनीसँग विमान खदिर सम्झौता गर्न लागेका हुन् ।
एएआरले प्रस्ताव गरेको २२ अर्ब ७० करोडमा दुईओटा जहाज दिलाउने प्रस्ताव स्वीकृत गरेर करिब सात अर्ब कमिशनबापत हत्याउने चलखेल शुरु भएको तीन महिनाभन्दा बढी भैसकेको बताइएको छ ।
बोलपत्रको शर्तमा तोके अनुसार एएआरले जहाजको ओनरसिप सर्टिफिकेट सम्वन्धी कुनैपनी कागजात पेश गरेको छैन । बोलपत्रको शर्तअनुसार ओनरसिप सर्टिफिकेट सम्बन्धी कागजात पेश नगर्ने कम्पनी स्वतः अयोग्य ठहरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण