नेता नेपालसँग चिनियाँ राजदूतको भेट
बिहीबार, २८ पुस २०७३, १० : ११
काठमाडौँ - नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत यु हङबीच भेटवार्ता भएको छ ।
कोटेश्वरस्थित नेता नेपालको निवासमा भएको भेटमा राजदूत हङलाई स्वागत गर्नुका साथै उनको पूर्ण कार्यकालको सफलताको कामना गरेका छन्। नेपाल–चीन तथा आफ्नो पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच सुमधुर एवम् ऐतिहासिक सम्बन्ध रहेको पनि पूर्व प्रधानमन्त्री नेपालले चर्चा गरे । ।
नेपाल एक चीन नीतिको पक्षमा रहेको र नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि नहोस् भन्नेमा नेपाल उनले उल्लेख गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
चीनका वर्तमान राष्ट्रपति सी जिन पिङले अगाडि सारेको ‘वन बेल्ट वन रोड’को अवधारणाको स्वागत गर्दै नेता नेपालले सोही अवधारणाका आधारमा ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधारलगायत आर्थिक समृद्धिका विविध क्षेत्रमा चिनियाँ सहयोगको अपेक्षा पनि गरे ।
उनले राजदूतको कार्यकालमा नेपाल र चीनबीचको सम्बन्ध थप सुमधुर बन्ने तथा पारस्परिक लाभ एवम् सम्मानका आधारमा द्विपक्षीय सहयोग थप अभिवृद्धि हुने विश्वाससमेत व्यक्त गरे ।
भेटमा चिनियाँ राजदूतले नेपालजस्तो सुन्दर एवम् चीनसँग ऐतिहासिक सम्बन्ध भएको असल छिमेकी राष्ट्रको राजदूतका रुपमा जिम्मेवारी पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको उल्लेख गर्दै आफ्नो कार्यकाललाई दुवै देशको हितको पक्षमा अधिकतम उपयोग गर्न प्रयास गर्ने धारणा राखेकी थिइन्।
नेपाल र चीनबीच विविध क्षेत्रमा भएको साझेदारी तथा सहयोगलाई आफ्नो कार्यकालमा अभिवृद्धि गर्ने सम्बन्धमा आफू प्रयासरत रहने उल्लेख गर्दै राजदूत हङले सार्वभौमसत्ता सम्पन्न नेपालले आन्तरिक विषयलाई आफ्नै विशिष्टताका आधारमा हल गर्न र संविधानको सफल कार्यान्वयनमा चीन सरकारको शुभेच्छा रहेको जानकारी गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण