३३ किलो सुन बरामद प्रकरण : आरके ज्वेलर्सको मालिक अनुसन्धान घेरामा !
शुक्रबार, २९ पुस २०७३, १० : २६
काठमाडौं– गत पुस २१ गते सिआईबीले नियन्त्रणमा लिएको ३३ किलो अबैध सुनको मालिक पत्ता लगाउन प्रहरी दिनरात अनुसन्धान गरिरहेको छ ।
एक साताको अनुसन्धानपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो ‘सुन मालिक’ को निकट पुगेको बताइएको छ ।
प्रहरी स्रोतका अनुसार त्रिभुवन विमानस्थलबाट सहजै भन्सार पास गरिएको सुन न्युरोडको आर.के ज्वेलर्सले मगाएको थियो । विभिन्न लेयरका भरिया हुँदै बास्तविक सुन मालिक राजेन्द्र शाक्य (आर.के ज्वेलर्सका सञ्चालक) सम्म लैजाने संगठित गिरोह त्यसमा सक्रिय थियो ।
प्रहरीले एक साताको बीचमा दोस्रो तहका भरिया सहित त्रिभुवन विमानस्थलबाट भन्सार पास गराउन सहयोग गर्ने दुई जना भन्सारका कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका भरियाको बयानका आधारमा उक्त सुन राजेन्द्र शाक्यको भएको खुलेको हो । करिब ३० बर्षदेखि न्युरोडको विशाल बजार र बांगेमुढामा सुनको गहना बनाउने ब्यवसाय गर्दै आएका शाक्यको नाम यसअघि पनि सुन तस्करीमा जोडिने गरेको थियो ।
२०७१ मंसिर १६ गते आरके ज्वेलर्सको कर्मचारी सन्नि श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले दुई किलो अवैध सुन सहित दरबारमार्गबाट पक्राउ गरेको थियो ।
श्रेष्ठ पछिल्लो ८ बर्षदेखी उक्त ज्वेलर्समा काम गर्दै आएका थिए ।
प्रहरी स्रोतका अनुसार विभिन्न तहका भरिया हुँदै ज्वेलर्सको कर्मचारी मार्फत ३३ किलो अबैध सुन शाक्यसम्म पुग्ने सेटिङ मिलाईएको थियो ।
दुबईबाट सुन लिएर आएका गोपाल बहादुर शाही तथा सुन रिसीभ गर्न पुगेका दिलबन्धु थापा र सन्तोष काफ्लेलाई केन्द्रिय अनुसन्धान ब्युरोकी एसपी मिरा चौधरीको कमाण्डमा खएिको प्रहरी टोलीले उसैदिन नियन्त्रणमा लिएको थियो ।
गत मंगलबार काभ्रेको चलाल गणेशस्थान–५ घर भएका राजन कार्किलाई खोपासीबाट र अर्का एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।
बिहिबार त्रिभुवन विमानस्थल भन्सारको एक्सरे मेशिन टेक्निसीयनका रुपमा कार्यरत राजकुमार ढकाल र तथ्यांक अधिकृत श्रीनारायण यादवलाई नियन्त्रणमा लिएको थियो । ‘तस्करसँग सम्पर्कमा रहेको देखिएको हुनाले भन्सार कर्मचारीलाई नियन्त्रणमा लिएका हौं’ सिआईबीका निर्देशक (डिआईजी) नवराज सिलवालले भने, ‘सुन तस्करीबाट थप अनुसन्धान भइरहेको छ ।’
हालसम्म पक्राउ परेका सातजना उपर प्रहरीले ‘संगठीत अपराध’ मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण