सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धादिङ्गका दुई बिद्यालयमा ‘मास हिस्टेरिया’बारे सचेतना

शुक्रबार, २९ पुस २०७३, ११ : ०२
शुक्रबार, २९ पुस २०७३
धादिङ– न्यूरो साइन्स सोसाइटी नेपाल, काठमाडौँ सेन्टर फर जेनोमिक्स रिसर्च ल्याबोरेटोरी र अन्तरास्ट्रिय मस्तिष्क अनुशन्धान संस्थाको संयुक्त आयोजनामा धादिङका विद्यालयमा दुईदिने मास हिस्टेरिया सम्बन्धि सचेतनामुलक जागरण तथा परामर्श अभियान सञ्चालन भएको छ । सचेतना कार्यक्रम पृथ्वी राजमार्ग छेउमै रहेको कुम्पुर गा.वि.सको महाकाली माध्यमिक बिद्यालय र सलांग गाविसको कालीदेवी माध्यमिक बिद्यालयमा सञ्चालन गरिएको हो । कार्यक्रममा समस्याग्रस्त वालवालिका लगायत अभिभावक र शिक्षकहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई नाटकमार्फत हिस्टेरिया सम्बन्धि जानकारी प्रस्तुत गर्नेक्रममा डा. बरुण महत, प्रकाश लिम्बु, सन्दिप थापा लगायतका टिम सदस्यहरुले बिद्यार्थीहरुसंगै विभिन्न चरित्र मन्चन गरेका थिए । त्यस्तै डा. सबिन थपलिया र जनक अवस्थीले मास हिस्टेरिया सम्बन्धि भ्रम र यथार्थ,समस्याका कारण, यसका तत्कालिन तथा दिर्घकालिन उपचार र समस्या निवारणमा सामाजिक दायित्व सम्बन्धि जानकारी गराइएको थियो । महाकाली माध्यमिक बिद्यालयमा करिब ६ महिना पहिले मास हिस्टेरियाको समस्या देखिएका कारण केहि समय बिद्यालय नै बन्द भएको थियो । चिकित्सकहरुका अनुसार मास हिस्टेरिया अत्याधिक तनावका कारण सिर्जना हुने समस्या हो । ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप