दैनिक ३३ हजारको औषधीको भरमा शिक्षक सापकोटा
शुक्रबार, २९ पुस २०७३, ११ : ०५
गुल्मी–गत महिना सडक दुर्घटनामा परी मरणशन्य अवस्थामा पुगेका गुल्मीको महेन्द्र आदर्श उच्च माध्यामिक विद्यालयका प्राचार्य भीमलाल सापकोटाले दैनिक ३३ हजार सम्मको औषधी सेवन गर्नु परेको छ ।
विद्यालयको कामको शिलशिलामा वुटवल पुगेर फर्किदै गर्दा मंसिर ८ गते पाल्पाको अर्गेली कमलपोखरमा गाडी दुर्घटना हुँदा अभिभावक संघका अध्यक्ष वसन्त कार्कीको भने उपचारका क्रममा ज्यान गएको थियो भने प्राचार्य सापकोटा हाल सम्म काठमाण्डौको न्युरो अस्पतालमा उपचार गर्दै आएका छन् ।
वुटवल हुँदै काठमाण्डौंको न्युरो अस्पतालमा वेहोस अवस्थामा रिफर गरिएका सापकोटा त्यहाँ भर्ना गरेको ११ दिन पछि होसमा आएमा थिए । सापकोटाको टाउँको र शरिरका अन्य सातआठ ठाउँमा गम्भीर चोट लागेको छ ।
प्रतिदिन ३३ हजारको औषधीले खतारामुक्त भएका सापकोटा उपचारकै क्रममा रहेका छन् ।
सापकोटा विगत ३० वर्ष देखि महेन्द्र आदर्श उच्च माध्यामिक विद्यालय वामीमा कार्यरत छन् ।
विभिन्न शिक्षक संघ संघठनले सापकोटको उपचारका लागि सहयोग गर्न अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण