सुपरहिट चलचित्र ‘छक्का पन्जा’ युट्युवमा हेर्नुहोस्
शुक्रबार, २९ पुस २०७३, ११ : २४
काठमाडौं – चार बर्षयताकै सार्वाधिक ब्यवसाय गर्न सफल चलचित्र ‘छक्का पन्जा’ यु–ट्युवमा आएको छ ।
डिजिटल मार्केट जिम्मा लिएको हाइलाइट्स नेपालले यसलाई शुक्रबारबाट सर्वसाधारणले हेर्न पाउने गरी यु–ट्यसवमा ल्याएको हो ।
चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला चलचित्र प्रदर्शनका लागि युरोप टुरमा छन् ।
यो समय चलचित्र मलेसियाबाट पाइरेसी भएपछि हाइलाइटले ब्यवसाय सुरक्षीत गर्न युट्युवमा ल्याएको हो ।
भदौ २४ गतेबाट रिलिज भएको यो चलचित्रले स्वदेशमा रेकर्ड तोड ब्यवसाय गरेको थियो ।
चलचित्रले १६ करोड माथी ब्यवसाय गरेको यसका निर्माण पक्षले दाबी गर्दै आएका छन् ।
दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको चलचित्र गत भदौको २४ गतेबाट देशभर प्रदर्शनमा आएको थियो ।
दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले मिलेर बनाएको यो चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्र हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण