आफ्नै ठाउँबाट देशभर चिनिँदा गौरव महसुस भएको छ : गायक विनोद बानियाँ
‘बेलानिमा..’ बोलको यो गीत यतिबेला नेपाली सङ्गीतिक आकाशमा निकै चर्चामा छ । विनोद बानियाँको स्वरमा रहेको यो गीतको आकर्षक म्युजिक भिडियो पनि बनेको छ । जसमा पल साह र एलिसा राईले अभिनय गरेका छन् । गायक विनोदको यो गीत नयाँ भने होइन । यो गीत उनले धेरै पहिले गाएका थिए । तर त्यतिबेला यसको चर्चा हुन सकेन । यो अहिले रिमिक्स भर्सनमा पनि उनले नै ल्याएका हुन् । अहिले भने यो गीतले उनलाई देश विदेश चारैतिर चिनाएको छ ।
त्यसो त २०५२/०५३ बाट गायनमा होमिँदै आएका उनी निरन्तर गायनमा नै सङ्घर्षरत छन् । मोफसलको सहर पोखराबाट गायनलाई अगाडि बढाइरहेका उनी गीत सङ्गीतले पोखरालाई नचाउन सक्ने व्यक्ति पनि हुन् । प्रस्तुत छ उनै बानियासँग रातोपाटीले गरेको केही प्रश्नोत्तर :
पुरानो गीत नयाँ बनाउने सोच कसरी पलायो ? –यो गीत मैले धेरै पहिले गाएको थिएँ । तर त्यतिबेला यसले चर्चा पाउन सकेन । यो गीतको शब्द मलाई निकै मन परेको थियो । यसलाई फेरि नयाँ भर्सनमा गाउँदा राम्रो हुन्छ कि भन्ने सोचेर बनाएको हो । सफल पनि भएँ ।
गीतले अहिलेको सङ्गीतिक आकाश तताउने प्रतिक्रिया चाहिँ कस्तो पाइरहनु भएको छ ? – यो रोमान्टिक गीत हो । सुन्नेहरु सबैले राम्रो प्रतिक्रिया दिइरहेका छन् । धेरै राम्रो गीत बनाउनुभएको छ । अझै यस्ता गीत बनाउनुस् भन्नेहरु अनगिन्ती भेटिए । यसले मलाई अझ उत्साह थपेको छ ।
सङ्गीतमा होमिनुको लक्ष्य प्राप्त भयो त ? म्युजिक मेरो रुचिको विषय हो । यसमै लागेर राम्रो गायक बन्ने अर्काे लक्ष्य मेरो । १५, १६ वर्षदेखि म गजल रेस्टुरेन्टमा गाउँदै आएको छु । अहिले आफैले मेलोडी क्याफे खोलेको छु । जसमा गायन पनि निरन्तर रहँदै आएको छ ।
मोफसलमै बसेर गायनमा राम्रो परिचय बनाउन सफल हुनुभएको छ । कतिको खुसी लागेको छ ? खुसी नै छु । म आफ्नो ठाउँमै बसेर केही गर्नुपर्छ भन्ने सोच भएको मानिस । पोखरा छोडेर काठमाडौँ बसेको भए अहिले बनाएको परिचय केही माथि हुन्थ्यो होला । कि राजधानीको भीडमा हराउन पनि सक्थँे । तर आफ्नो ठाउँबाटै देशभर चिनिँदा अझ गौरव महसुस भएको छ ।
सङ्गीतमा लागेर जीवन निर्वाह गर्नपुग्छ ? – यसमै लागेर त गाह्रो छ । म्युजिक क्याफे पनि चलाउँछु । यसको अलवा म सैनिक महाविद्याालय, पोखराको सङ्गीत टिचर पनि हुँ ।
राजधानीमा बसेर सङ्गीत अगाडि बढाऊँ भन्ने कहिलै लागेन ? राजधानी आउनेजाने चलिरहन्छ मेरो । यो क्रम गीत रेकर्डिङको सिलसिलामा मात्र हो । मलाई पूरै राजधानीमा नै बसेर गायन अगाडि बढाउन धेरैले सल्लाह पनि दिएका थिए । आफ्नो ठाउँमा बसेर देशभर चिनिदाको आनन्द छुट्टै हुँदोरहेछ । त्यसैले पनि मैल पोखरामै बसेर गायन अगाडि बढाउने निणर्य गरेँ ।
गीत के हो ? – यो एउटा मनको भावना हो । यसलाई लयबद्ध गर्न सक्यो भने सुन्ने र गाउने दुवैलाई आनन्द आउँछ ।
किन बनाइन्छ गीत ? सङ्गीतविना मानिसले संसार कल्पान पनि गर्न सक्दैन । रिफ्रेसका लागि, तनाव भुल्नका लागि, भुलाउँनका लागि गीत बनाइन्छ ।
आफ्नै गीत रिमेक गरेपछि तपाईंको गायनले सबैभन्दा बढी चर्चा पायो, किन गरिन्छ गीतको रिमेक ? –यसमा दुई कारण छन् । एक त पुरानो गीतलाई नयाँ टेस्ट दिन । अर्काे कारण त्यही शब्दमा पनि विभिन्न खालका गीत सृजना गर्न । गीतलाई रिमेक गर्नु नराम्रो होइन । पहिलेको भन्दा अझै राम्रो गीत बनाउन फ्युजन गर्न चलन चलेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण