गीतकार सङ्घको छैटौँ साधारणसभा
काठमाडौँ - शान्तिपूर्ण सहअस्तित्व कायम गरी समाजलाई पथ प्रदर्शन गर्ने खालका गीत सिर्जना गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिएका छन् ।
यहाँ आज आयोजित गीतकार सङ्घको छैटौँ साधारणसभामा उनीहरुले विभिन्न जाति समुदायमा विभक्त नेपाली समाजमा सामाजिक एकताको खाँचो औँल्याए ।
वरिष्ठ गीतकार किरण खरेलले सामाजिक रुपान्तरणका लागि कला, साहित्य तथा गीत–सङ्गीत क्षेत्र सशक्त माध्यम भएको बताउँदै सर्जकले सिर्जना गर्ने गीत तथा सङ्गीतको रोयल्टी वितरण प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिए ।
सङ्गीतकार समाजका अध्यक्ष सुरेश अधिकारीले नेपाली समाजको अवस्था तथा स्रोतको मनोभावनालाई बुझेर राम्रो र उत्कृष्ट गीत तथा सङ्गीतको सिर्जना गर्नुपर्ने सुझाव दिँदै त्यसले राष्ट्रिय एकतालाई अझ बढी सशक्त बनाउनमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।
गीतकार मिलन मोक्तान, तुलसी पराजुली, लक्ष्मण श्रेष्ठलगायतले गीत, सङ्गीत र काला क्षेत्रलाई व्यवस्थित गर्ने निकाय संवेदनशील हुन नसक्दा स्रष्टाको सिर्जनाको चोरी बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहालले मुलुकभर रहेका गीतकारलाई एकताबद्ध गरी उनीहरुका हक, हित तथा अधिकारलाई संरक्षण गर्न संस्था क्रियाशील रहेको बताए । साधारणसभाले सङ्घको नयाँ नेतृत्वसमेत छनोट गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण