लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला शुभारम्भ
चितवन - पवित्र तीर्थस्थल देवघाट धाममा रहेका तीनवटा आश्रमका पिठाधिश र तिनका प्रतिनिधिले बेनीमा बाँसको लिङ्गो ठड््याएर माघे सङ्क्रान्ति मेला शुभारम्भ गरेका छन् ।
गलेश्वर आश्रमका पिठाधीश आत्मानन्द गिरी, हरिहर सन्यास आश्रमका पिठाधीश ज्ञानानन्द सरस्वती र महेश सन्यास आश्रमका प्रतिनिधिसहितको सन्त, महन्त र भक्तजनको ¥याली बेनीमा पुगेर बाँसको लिङ्गो गाडिएसँगै मकर सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको हो ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलकाअनुसार मेला व्यवस्थापनका लागि चितवन, नवलपरासी र तनहँु जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सुरक्षा निकायका प्रमुखसहित एक सय ११ सदस्यीय मूलसमिति गठन गरिएको र समितिको माताहतमा रहेका उपसमितिले आ–आफ्नो जिम्मेवारी पुरा गरेको अध्यक्ष पौडेलले बताए ।
स्नान क्षेत्र सुरक्षित गराइनुका साथै विद्युत्, खानेपानी, शौचालयको व्यवस्था गरिएको छ । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा स्नान गर्दा नदीले बगाउनसक्ने समस्या हुन नदिन डोरी टाँगेर सुरक्षितस्थल छुट्याइनुका साथै डुङ्गा र ¥याफ्टिङ्को पनि व्यवस्था गरिएको छ।
पुलमाथिबाट एक पटकमा दुवैतर्फबाट ५०–५० जना मात्रै जाने आउने व्यवस्था मिलाइएको अध्यक्ष पौडेलले बताए । यसपटक स्नानपछि कपडा फेर्नका लागि महिलालाई विशेष व्यवस्था गरिएको छ भने अशक्त असहाय र वृद्धका लागि निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । उद्धारका लागि आदिवासी जनजाति बोटे समाजको नेतृत्वमा रेडक्रसको झन्डा राखेर एउटा डुङ्गा तयारी अवस्थामा राखिएको छ भने सशस्त्र प्रहरी विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोली पनि तैनाथ हुने उनले बताए ।
देवघाट आवतजावतका लागि नारायणगढ–मुग्लिन सडकखण्डको दासढुङ्गा र रामनगरबाट देवघाटतर्फ जाने व्यवस्था मिलाइएको छ भने र्फिकदां आँपटारीबाट बाहिरिने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।
माघेसङ्क्रान्तिमा पवित्र तीर्थस्थल देवघाटमा स्नान गरेमा पुण्य प्राप्त हुने जनविश्वास छ । नेपाल र भारतका विभिन्न भू–भागबाट ठूलो सङ्ख्यामा भक्तजन यहाँ आउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण