धनले मात्र होइन, मनले पनि धनी : जसले करोडौं खर्चेर बनाई दिए अस्पताल
गुल्मी – गुल्मीमा एउटै व्यक्तिले करोडौं रुपैयाँ खर्चेर जनतालाई आँखा अस्पताल बनाई दिएका छन् ।
वामी –३ टार निवासी कृष्णहरी सापकोटाले एक रोपनी क्षेत्रफलको जमिनबाहेक १ करोड ७५ लाख रुपैयाँ खर्चेर साढे दुई तले आँखा उपचार केन्द्रकोे भवन गुल्मीकै वामीटक्सार बजारमा बनाई दिएका हुन् ।
आफ्नै नामबाट कृष्णहरी सापकोटा आँखा उपचार केन्द्र वामी गुल्मीको व्यानरको आज नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर तिर्थप्रसाद मिश्रले उद्घाटन गरेका छन् ।
सापकोटा र उनका परिवारलाई आँखा अस्पताल सञ्चालक समितिले निवासीमै पुगेर बाजागाजासहित फुलमाला अविरले स्वागत गर्दै उद्घाटन स्थलसम्म ल्याएका थिए ।
सुरुमा नेत्रज्योति संघ गुल्मीले वामीटक्सार बजारमा आँखा अस्पतालको प्रस्ताव गरेको थियो । त्यसबेला उपयुक्त जग्गा कतै नपाए पछि त्यो प्रस्ताव असफल हुने देखेर सापकोटाले आफ्नै एक रोपनी क्षेत्रफल भएको जमिन सहयोग गरे ।
त्यसपछि सरकारी रकम र दाताको पनि अभाव देखेपछि ‘भैगो, म आफै बनाई दिन्छु’ भनेर अस्पताल निर्माण सुरु गरेका थिए ।
सापकोटाका एक छोरा क्यानाडामा रहेका छन् । अर्का छोरा काठमाडौँमा रहेका छन् । त्यस्तै एक छोरी काठमाडौँमा र अर्की छोरी क्यानडामा रहेका छन् ।
तर, उनले आफ्नो सन्तानबाट पनि सहयोग लिएनन् । आफ्नै पुर्खेयौंली सम्पत्तिकै श्रोतबाट उनले उक्त अस्पताल बनाएको अस्पताल सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यले बताए ।
उद्घाटन लगत्तै सापकोटाले नेपाल नेत्रज्योति संघका जिल्ला शाखा अध्यक्ष शेरबहादुर थापालाई भवनको साँचो हस्तान्तरण गरे । थापाले केन्द्रिय अध्यक्ष मिश्र मार्फत स्थानिय आँखा उपचार संचालक समितिका अध्यक्ष सुदर्शन शाक्यलाई चावी हस्तान्तरण गरेका थिए ।
जिल्ला शाखाका सचिव अखिलेश्वरप्रसाद पाण्डेले शाखाको तर्फबाटसापकोटा र उनको परिवार प्रति कृतज्ञता जाहेर गरेका थिए ।
परिवारको तर्फबाट सापकोटाकी नातिनी डाक्टर सुप्रियाले भनिन्, ‘परिवारभित्र डाक्टर बनाउने हजुर बुवाको सपना मैले पूरा गरेँ । तर म आफु भन्दा पहिला खास डाक्टर मेरो हजुर बुवा नै बन्नु भयो ।’
सदरमुकाम तम्घासबाट वाग्लुङ्गको सिमानामा रहेको वामी गाविसका जनता यस अघि वाग्लुङ्गको हटियासम्म उपचार गर्न जानुपर्ने बाध्यता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण