सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महानायक र सुपरस्टार जस्तो उपाधिको तुक छैन – भुवन

शुक्रबार, २९ पुस २०७३, १७ : १७
शुक्रबार, २९ पुस २०७३

दाङ -  नायक भुवन केसीले बुवाआमाको आर्मीको बनाउने सपना लत्याएर चलचित्र अभिनयमा लागेको बताएका छन् ।

चलचित्र पत्रकार सघं दाङले बिहिबार गरेको साक्षात्कार कार्यक्रममा भुवनले भने ‘बुबाआमाको मलाई आर्मी बनाउने सपना थियो । तर मैले चलचित्र अभिनय रोजे ।’ केसीले अभिनयका कारण पनि आफ्नो नशा नशामा अहिले कलाकारीता रहेको बताए ।

विजौरी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित महोत्सवका लागि दाङ आएका अभिनेता केसीले नेपाली चलचित्र उद्योगमा दिइने उपाधिले कुनै तुक नराख्ने बताए । ‘महानायक, सुपरस्टार भन्दैमा फुरुङ्गं हुने अबस्था छैन’ उनले भने ‘बरु आफुले दर्शकलाई कसरी राम्रा चलचित्र दिन सकिन्छ भन्ने तिर सोच्नु पर्छ ।’

योगदान हेरेर दर्शकले नै उपाधि दिने उल्लेख गर्दै भुवनले लामो समयदेखि उद्योगमा आफुले महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै दर्शकलाई उत्कृष्ट फिल्म दिन पनि सफल भएकाले बताए । उनले उपाधि भन्दा पनि काम गरेर देखाउन चुनौती दिए ।

कार्यक्रममा भुवनले आफ्नो जारी राजनितिक यात्रा पनि निरन्तर चलिरहने बताए । कलाकारले राजनिति गर्न नहुने भन्ने कुरा जायज नभएकाले धारणा उनको रहेको छ । पैसा रपावरका भरमा कलाकारीता रोज्ने सिमित समयमा टिक्ने र हराउदै जाने उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप