सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

न्यायाधीश नियुक्तिमा राप्रपाको आपत्ति, पुर्नविचार गर्न माग 

शुक्रबार, २९ पुस २०७३, १७ : २३
शुक्रबार, २९ पुस २०७३

काठमाडौ– न्यायाधीश नियुक्तिको चौतर्फी विरोध भएको छ । प्रमुख तीन दल बाहेक अन्य सवैजसो दलहरुले मध्यराती भागबण्डाका आधारमा न्यायाधीश नियुक्ति गरेको भन्दै आपत्ति जनाएका हुन् ।

यसैबीच संसदको चौथो ठुलो दल राप्रपाले पनि न्यायाधीश नियुक्ति पुर्नविचार गर्न माग गरेको छ ।

राप्रपाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र, स्वच्छ र निष्पक्ष हुनुपर्ने न्यायालयमा पार्टीको भागवण्डाको आधारमा भएको उच्च अदालतका न्यायाधीश नियुक्ति प्रकरणको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर आपत्ति प्रकट गर्दछ भनिएको छ ।

उसले राजनैतिक पार्टीको भागवण्डामा हुने यस्ता नियुक्तिले विधिको शासन, न्यायिक सर्वोच्चता र नागरिक स्वतन्त्रता जस्ता लोकतन्त्रको आधारभूत मान्यताको उपहास एवं उल्लंघन हुने भएकोले उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि मध्यरातमा भएको निर्णयमा पुनर्विचार गर्न राप्रपा माग गर्दछ भनिएको छ ।

न्यायाधीश नियुक्तिमा मधेसी मोर्चाको आपत्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप