एक हप्ताभित्र निर्वाचन मिति घोषणा हुन्छ : श्रेष्ठ
पोखरा - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद गोपालमान श्रेष्ठले देशमा अवको एक हप्ता भित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।
पोखराको सिमलचौरमा तेश्रो माघे सक्रान्ति महोत्सवको उद्घाटन गर्दै उनले आगामी वैशाख महिनामा निर्वाचन गर्ने गरी मिति घोषणा हुने बताए ।
२०७४ साल माघ ७ गतेभित्र देशमा तीनवटा निर्वाचन सम्पन्न गर्नु पर्ने भएकोले अब सुरु नगरे पछाडि परिने उनले वताएका हुन् ।
देशका सवै जातजाति र भाषा भाषीको प्रतिनिधित्व गर्ने नेपालको संविधान १४ महिना अघि जारी भएको बताउँदै उनले सो संविधानमा परिमार्जन गर्नु पर्ने कुरालाई आत्मसाथ गर्दै संविधानको कार्यान्वयनको विकल्प नभएको उनको भनाइ छ ।
अव गाउँपालिकावाट नै जनताका सवै काम सम्पन्न गर्ने तयारी सरकारले गरेको वताउँदै उनले नयाँ नेपालको नयाँ अध्याय संविधान कार्यान्वयन पछि मात्रै हुने धारणा व्यक्त गरे ।
नेपालमा विपी कोइरालाको सपना ६५ वर्षपछि नयाँ संविधान मार्फत पूरा भएको वताउँदै नेता श्रेष्ठले अव पनि झैझगडा गरेमा मुलुक पछाडि धकेलिने संकेत गरे ।
मुलुकमा अव आर्थिक क्रान्ति आवस्यक भएको वताउँदै नेता श्रेष्ठले अब पनि झगडा गरिरहने हो भने देशमा प्राप्त भएको उपलव्धी गुम्ने खतरा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण