सेयरलाई अझै जुवासँग तुलना गर्ने भएकाले सोचेअनुसार लगानी भित्रिएन : गर्भनर
काठमाडौँ – नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिबी नेपालले पर्याप्त जनचेतनाको अभावमा नेपाली धितोबजारमा अपेक्षा अनुसार लगानी भित्र्न नसकेको बताएका छन्
नेपाल धितोपत्र लिमिटेडको २४ औं वार्षिकोत्सवलाई सम्बाधेन गर्दै गर्भनर नेपालले सरकार र सरोकारवाला निकायले धितोपत्र बजारको बारेमा पर्याप्त सन्देश प्रवाह गर्न नसक्दा लगानी भित्र्न नसकेको बताए । उनले नेपालको कुल जनसंख्याको ८/९ प्रतिशतले मात्र धितोपत्र बजारमा लगानी गर्नुले धितोपत्र बोर्डलगायत निकायको सक्रियता नभएको पुष्टि भएको तथ्य पनि पेश गरे ।
गर्भनर नेपालले धितोपत्र बजारलाई जुवासँग तुलना गर्ने मनस्थितिका कारण सर्वसाधारणले सेयर बजारमा खुलेर लगानी गर्न नसकेको बताए ।
उनले पूँजीबजार व्यवस्थित भए देशको आर्थिक उन्नती हुनेतर्फ पनि सबैलाई सचेत गराए । गर्भनर नेपालले धितोपत्र बजारमा सर्वसाधारणको सहभागिताले नै देशको आर्थिक अवस्थाको सूचांक तय गर्ने धारणा पनि राखे । कार्यक्रममा नेपाल धितोपत्र लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले धितोपत्र बोर्डले अत्याधुनिक सूचना प्रविधिको प्रयोग गरेर कारोबारलाई व्यवस्थित र मर्यादित बनाउन लागिपरेको जानकारी दिए ।
आर्थिक वर्ष २०७२÷०७३ मा १ खर्ब, ६३ अर्ब ९५ करोड ७७ लाख बराबरको कारोबार भएको थियो । त्यसैगरी चालु आर्थिक वर्षको ६ महिनामा एक खर्ब १५ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको तुलनामा पहिलो ६ महिनामा एक सय २१ प्रतिशतले कारोबार रकममा वृद्धि भएको धितोपत्र बोर्डले जनाएको छ । गत वर्ष यो अवधिमा ५० अर्ब ३ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्से परिसूचकमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण