ब्राजिलमा ‘एलोफिभर’का कारण तीस जनाको मृत्यु
शुक्रबार, २९ पुस २०७३, १८ : ११
ब्राजिल - ब्राजिलियाली राज्य मिन जर्ममा विगत एक हप्तादेखि फैलिएको ‘एलो फिभर’का कारण उक्त क्षेत्रमा शुक्रबारसम्म कम्तिमा ३० जनाको मृत्युभएको फैलिएको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् ।
स्वास्थ्य सचिवालयका अनुसार कम्तिमा ३० जनाको ‘एलो फिभर’का कारण मृत्युभएको छ भने बिरामीका अन्य दश नमूनामा उक्त रोगको सङ्क्रमण पुष्टी भएको साथै १०० भन्दा बढी शङ्कास्पद बिरामी भेटिएका छन् ।
‘एलो फिभर’ एक प्रकारको कडा भाइरलको सङक्रमणबाट विकशित हुने रोग हो । यदी उक्त भाइरलको सङ्क्रमणपछि एक हप्ताभित्र बिरामीले उपचार नपाएमा बिरामीको जीवन अत्यन्तै जोखिममा पर्छ । यो भाइरस बाँदरका प्रजातिमा प्रायः देखिने गर्छ ।
मानिसमा भने यो रोग ‘एलो फिभर’को भाइरसबाट सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण