देवः विकास बैंकले १४ प्रतिशत बोनस सेयर लिने
काठमाडौँ – देवः विकास बैंकको दशौं वार्षिक साधारण सभा, लैनचौर बैङक्वेट्स काठमाडौंमा सम्पन्न भएको छ ।
अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष प्रा. डा. सुवर्णलाल बज्राचार्यले गरे ।
उक्त सभाले सञ्चालक समिति आर्थिक वर्ष २०७२/०७३ प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आर्थिक वर्ष २०७२/०७३ को वित्तीय विवरण पारित गरेको छ ।
विशेष प्रस्ताव अन्तर्गत हाल कायम रहेको चुक्ता पूँजी रु. ८८,१०,०७८/०६ को १४ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
यस बैंकको चालु आ.व. २०७३/०७४ पौष २७ गते सम्ममा बैंकले रु. ८७२.६८ करोड निक्षेप संकलन, रु. ७९७.०२ करोड कर्जा प्रवाह तथा रु. १९.०९ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जानकारी शेयरधनीहरुलाई गराए ।
साथै, चुक्ता पूँजीको ५० प्रतिशतका दरले यही २०७३ माघ ९ गतेदेखि बिक्री खुल्ला हुने हकप्रद शेयर र १४ प्रतिशत वोनस शेयर वितरण गरे ।
पश्चात बैंकको चुक्ता पूँजी १ अर्ब ४४ करोड ५० लाख हुने व्यहोरासमेत सभालाई जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण