सर्वोच्चका वरिष्ठतम् न्यायाधीश उपाध्यायको अवकाश
काठमाडौँ - सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश वैद्यनाथ उपाध्यायले उमेर हदका कारण आजबाट अवकाश पाएका छन् ।
सर्वोच्च अदालतमा आयोजित बिदाइ कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्कीले माया चिनो प्रदान गरी न्यायाधीस उपाध्यायलाई बिदाइ गर्नुभएको थियो । सर्वोच्च अदालतका न्यायाधीश, कर्मचारीले पनि उहाँलाई फूलमाला लगाएर बिदाइ गरेका थिए ।
प्रधानन्यायाधीश कार्कीले अवकाश पछिको जीवन सुखमय रहोस् भन्ने शुभकामना दिँदै आवश्यक परेका बेलामा आफूहरुले परामर्श लिने बताए ।
वरिष्ठतम् न्यायाधीश उपाध्याय पुनरावेदन अदालत राजविराज र पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश हुँदै २०६८ साल मङ्सिर २० गतेबाट सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । सर्वोच्च अदालतमा न्यायाधीसको उमेरको हद ६५ वर्ष तोकिएको छ ।
उनका दुई दाईहरु विश्वनाथ उपाध्याय र केदारनाथ उपाध्यायले सर्वोच्च अदालतका प्रधानन्यायाधीश भएर अवकाश लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण