सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

व्यापार सहजीकरण सम्झौता अनुमोदित

शुक्रबार, २९ पुस २०७३, १० : ४६
शुक्रबार, २९ पुस २०७३

काठमाडौँ - व्यवस्थापिका–संसद्को आजको बैठकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३ र निर्वाचन (कसुर तथा सजाय विधेयक), २०७३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

उपप्रधानमन्त्री विमलेन्द्र निधिले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले ‘व्यापार सहजीकरण सम्झौता’लाई सर्वसम्मतिले अनुमोदन गरेको छ । वाणिज्यमन्त्रीका तर्फबाट सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकले नेपाल परिवार दलका एकनाथ ढकाललाई सार्वजनिक लेखा समितिका सदस्यमा थप गर्ने प्रस्तावप्रति सहमति जनाएको छ । सभामुख ओनसरी घर्तीले सो सम्बन्धी प्रस्ताव गरेकी थिइन् । व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी माघ ७ गते अपराह्न १ बजे बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप