सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

निलिमा बनिन् मिसेस गण्डकी

शुक्रबार, २९ पुस २०७३, ०६ : ४९
शुक्रबार, २९ पुस २०७३
पोखरा - गोस्पेल मल्टीमिडियाको आयोजना रहेको बिवाहित महिलाहरुको सुन्दरी प्रतियोगिता मिसेस गण्डकी २०१७ को उपाधि निलिमा हिराचन श्रेण्ठले जितेकी छन् ।
पोखरामा सम्पन्न प्रतियोगीतामा ११ प्रतिस्प्रर्धीलाई पछि पार्दै गैह्रापाटनकी २५ बर्षिया श्रेष्ठले उपाधि चुमेकी हुन् । उनले ताजसँगै मोस्ट फेन्डली र मोस्ट पपुलर अवार्ड समेत आफ्नो पोल्टामा पारिन् । श्रेष्ठले एक लाख सत्तरी हजार रुपैया बराबरको रोडियो स्कुटर र गीफ्ट भौचर पनि प्राप्त गरेकी छन् ।
 
त्यस्तै प्रतियोगितामा मिसेस भावन महतले फस्ट रनरअपको उपाधि हात पारिन् भने सेकेण्ड रनरअपमा मिसेस सरु बरुवाल भन्डारी र थर्ड रनरअप जुना थापा पुन हुन सफल भईन् । उनीहरूले क्रमस क्राउन संगै ३० हजार, २० हजार र १० हजार नगद रुपैया सहित आर्कषक पुरस्कार प्राप्त गरेका थिए ।
मिस नेपाल २००० एवं भिजे उषा खड्कीको कोरियोग्राफीमा भएको उक्त कार्यक्रममा दर्शक छनौटमा मिसेस सीता गुरुङले अवार्ड प्राप्त गरे भने अन्य प्रतिस्प्रधीहरुलाई पनि बिभिन्न बिधामा अवार्ड मार्फत पुरस्कृत गरिएको थियो ।
 
बिवाहित महिलाहरुले पनि यस्ता कार्यक्रममा सहभागी भई आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाउने अवसर प्रदान गरि महिलाहरुको आफ्नो हक, अधिकार र कर्तब्यको बिषयमा नयाँ पुस्तालाई जानकारी गराएर सामाजिक कार्यमा अग्रसर गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको आयोजक संस्था गोस्पेल मल्टीमिडियाका निर्देशक निरु पुनमगरले बताइन् ।
प्रतिस्प्रर्धाको मुल्याङ्कनको लागी मिस नेपाल सुगारीका के.सी., बरिष्ठ फोटोग्राफर राजभाई सुवाल, फोटोग्राफर तथा डिजे ओम लामा, फोटोग्राफर अरुन गिरि र सौन्दर्यकर्मी सोनम गुरुङ रहेका थिए ।
 
तस्बिर ः सुशिल योम्जे गुरुङ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप