सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

१ सय ६ बिगाहा बन क्षेत्र व्यक्तिको नाममा दार्ता भएपछि अध्ययन गर्न अख्तियार टोली रौतहटमा

शुक्रबार, २९ पुस २०७३, १९ : ०६
शुक्रबार, २९ पुस २०७३
रौतहट - नक्कली कागज बनाएर रौतहट वन क्षेत्रमा पर्ने १ सय ६  बिगाहा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोली चन्द्रनिगाहपुर आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको निर्देशनमा आएको क्षेत्रीय कार्यालय हेटौंडाका उपसचिव नरेन्द्र भट्टराई नेतृत्वको उक्त ५ सदस्यीय टोलीले वन कार्यालयबाट अनुसन्धान अघि बढाएको हो । किर्ते गरी व्यक्तिको नाममा वनको जग्गा दर्ता गर्ने अवैध कार्यमा संलग्न रहेको आरोप लगेका जिल्ला वन कार्यालय, नापी कार्यालय, मालपोत तथा उक्त कार्यमा संलग्न व्यक्तिहरुको विषयमा टोलीले अनुसन्धान शुरु गरेको छ । वनको जमीन व्यक्तिको नाममा दर्ता भएको घटना सार्वजनिक भएपछि हाल जिल्लास्थित जिल्ला प्रशासन कार्यालय, वन, मालपोत, नापीलगायत सरोकारावाला सबै निकायहरुमा खैलाबैला मच्चिएको छ । माफियाले राष्ट्रिय वनको जग्गा आफ्नो नाममा गरेको समाचार सार्वजनिभएपछि अख्तियारको टोलीले समेत सो बिषयमा चासो लिएको हो । शुक्रबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला वन कार्यालय रौतहटका प्रमुख दिर्घनारायण कोईरालालाइ भेटी सो जमिनको बिषयमा जानकारी लिएको थियो । जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरमा दिनभरी बसेको टोलीले जिल्ला वन कार्यालय रौतहटले गठन गरेको अनुसन्धान टोलीको प्रतिवेदन , बिभिन्न समयमा जिल्ला वन कार्यालयले सो जमिनमा गरेको लगानी ,बिभिन्न समयका प्रतिवेदनको अध्यान गरेको थियो । जिल्ला वन कार्यालयरौतहटका तत्कालिन रेन्जर रामकेवल यादवले सो जमिन धान खेत भएको भन्दैमाफियाको सपोट गरेका थिय । यादव र तत्कालीन नापी प्रमुख धिरज देबको मिलेमतोमा सो जमिन माफियाले आफ्नो नाममा गर्न सफल भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप