भोटसिपामा प्रविधियुक्त पुस्तकालय
काठमाडौ–सिन्धुपाल्चोकको भोटसिपामा अध्याधुनिक सुचना प्रविधि सहितको सामुदायिक पुस्तकालय संचालनमा आएको छ ।
रिड नेपाल र स्थानीयवासीको संयुक्त प्रयासमा झण्डै एक करोड रुपैयाँ लागतमा निर्मित इन्द्रावति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र्र्रमा महिला कक्ष, बाल कक्ष, सुचना प्रविधि कक्ष, पुस्तकालय कक्ष, श्रव्यदृश्य कक्ष, तालिम घर युवा कक्ष लगायत विभिन्न दर्जन बढी विधा समावेश गरिएको छ ।
१० आना क्षेत्रफलमा बनाईएको सो पुस्तकालय तथा स्रोत केन्द्रको १३ कोठे भवनको विशेष समारोहकाबीच नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सापकोटाले विभिन्न प्राकृतिक विपतिको चपेटामा परेर पनि स्थानीयमा जीवन संघर्षका लागि उत्तिकै शाहस र हिम्मत रहेको भन्दै प्रसंशा गरेका छन् । उनले शिक्षाले नै चेतनाको विकास गर्ने र चेतना विकास भएमात्रै सम्मुन्नत विकास हुने भन्दै चेतना जागृत गराउने सवालमा पुस्तकालय कोशेढुंगा सावित हुने बताए ।
पुस्तकालय तथा स्रोत केन्द्रका सल्लाहाकार तथा प्रेस काउन्सिल नेपालका सदस्य सुदर्शन आचार्यले शैक्षिक क्षेत्रको उन्नतिका लागि सबै जिल्लामा सुचना प्रविधि युक्त पुस्तकालय तथा स्र्रोत केन्द्र स्थापना गर्नुपर्ने बताए ।
कार्यक्रममा पुस्तकालयका अध्यक्ष राजेन्द्र आचार्यले निशुल्क इन्टरनेट सेवा सहितको सो पुस्तकालय तथा स्रोत केन्द्रबाट कम्तिमा १० हजार स्थानीय प्रत्यक्ष लाभान्वित हुने अपेक्षा लिइएको बताए । दिर्घकालिन स्थायीत्वका लागि पुस्तकालको सात वटा सटर भाडामा दिईएको छ । रिड नेपालबाट ६७ लाख, निर्मला पराजुली साहित्य कोषबाट २ लाख, जापानमा बस्ने नेपालीहरुबाट एक लाख १५ हजार लगायत विभिन्न संघ सस्थाको आर्थिक सहयोगमा पुस्तकालय निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण