धुर्मुस-सुन्तलीलाई सहयोग गर्न मह जोडीको अपिल
बर्दिबास – कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले धुर्मुस र सुन्तलीले थालेको देश निर्माणको काम सिङ्गो कलाकारिता क्षेत्रलाई गर्वान्वित बनाएको बताएका छन् ।
धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण कार्य थालेको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती स्थल पुगेका मह जोडिले धुर्मुस र सुन्तलीलाई देश–विदेशमा रहेका सबै नेपालीले खुलेर सहयोग गरिदिन महजोडीले सबैमा अपिल गरेका हुन् ।
श्रेष्ठले भने, ‘पुस २५ गते शिलान्यास गरेको एकिकृत नमुना मुसहर बस्तीको निर्माण काम पाँच दिनमा निर्माणको काम निकै अघि बढेको रहेछ । काम कसरी अघि बढ्छ भन्ने यो दृष्टान्त बनेको छ ।’ धुर्मुश र सुन्तलीले दर्शक मात्र नहँसाएर अहिले विकासको काम गरेर देशैलाई हसाइरहेको उनले बताए ।
५० वटा बन्ने भनेका घर मध्ये २० वटा घरको जग हालेर डण्डीसमेत ठडिएको देख्दा आचार्यले भने, ‘ जांगरिला हातको कमाल देखियो । धुर्मुस—सुन्तली बस्ती बनाउनुको साथै सबै नेपालीको मन जोड्न तराई झरेका हुन् । ’
काम सुरु भएको १०० दिनमै घर हस्तान्तरण गरिने घोषणा गरिएको छ ।
अहिले २० वटा घरको जग खनेर १० वटा घरको पिलरै हालने काम जारी छ । दैनिक झन्डै २ सय कामदार काम गरिरहेका छन् । त्यस्तै ६५ जना गाउँले श्रमदान गरिरहेका छन् ।
महोत्तरीको बर्दिबास नगरपालिका–२ स्थित मुसहर बस्तीमा एकीकृत नमुना मुसहर बस्ती निर्माण परियोजनाको धुर्मुस—सुन्तली फाउण्डेसनले काम थालेको छ । बस्ती बनाउन चार करोड ७८ लाख लाग्ने अनुमान गरिएको छ ।
‘यो मानवता र सद्भावको कार्य हो,’ सीताराम कट्टेल ‘धुर्मुस’ले आग्रह गर्दै भने, ‘बस्ती निर्माणका लागि सबैले हातेमालो गरौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण