सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गायक रतन सुबेदीको नयाँ गीत बजारमा

शनिबार, ०१ माघ २०७३, ११ : ४१
शनिबार, ०१ माघ २०७३

काठमाडौँ – अमेरिकाको बाल्टिमोरमा लामो समय देखि बस्दै आएका गायक रतन सुवेदी को “रात दिन तिम्रै याद आउँछ, म त परदेशमा एक्लै भन्ने नयाँ गीतको भिडियो बजारमा आएको छ।

शक्ति श्रेष्ठको सहयोगमा निर्माण भएको यो गीतमा नेपाली चलचित्रका चर्चित नायक दिलिप रायमाझीले अभिनय गरेका छन । छायांकन अमेरिका र नेपालमा गरिएको छ ।

यसको साथै बाल्टिमोरमा रहेका दिलिप श्रेष्ठ, रचना लामा ,डिम्पल भट्टराई रुडि शर्मा, बाबु केसी लगायतका अन्य साथीहरुले नायक दिलिप रायमाझीलाई गीति भिडियोमा साथ दिएका छन्।

कामको सिलसिलामा परदेशमा संघर्षरत नेपाली परिवारहरुको कथा ब्यथा बोकेको गीतमा शब्द, संगीत र स्वर गायक रतन सुबेदीको रहेको छ भने जस्मा उनलाई बिनिका प्रधानले साथ दिएकी छिन् ।

भिडियो निर्माण लाईम लाईट इन्टरटेन्ट्मेन्ट्ले गरेको छ भने निर्देशन चर्चित गीति भिडियो निर्देशक प्रशन्न पौडेलले गरेका छन । उनलाई चलचित्र साँघुरोका सहायक निर्देशक भएर जोयस पाण्डेले सहयोग गरेका छन भने गीति भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् भने क्यामारामा साथ सुदिप बरालले दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप