सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

युएईमा निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न

शनिबार, ०१ माघ २०७३, ११ : ४३
शनिबार, ०१ माघ २०७३

युएई – स्याङ्गजा सहयोग समाज युएईद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य परिक्षण अबुधावीको मुसाफामा सम्पन्न भएको छ ।

अहलिया हस्पिटलको सहयोगमा अबुधावीको मुसाफा २६ स्थित ओसिस क्लिनिकमा भएको उक्त परिक्षणमा करिब ५० जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएको स्याङ्गजा सहयोग समाज युएईका निवर्तमान उपाध्यक्ष सोवित थापाले जानकारी गराए ।

स्याङ्गजा सहयोग समाज युएईका निवर्तमान उपाध्यक्ष सोवित थापाको विशेष पहलमा समाजका सल्लहकार लेखनाथ न्यौपाने, अबुधावी क्षेत्रिय समिति अध्यक्ष कमल शर्माको सक्रियतामा सम्पन्न उक्त कार्यक्रममा मुसाफामा रहेका नेपाली कामदारहरु प्रति लक्षित रहेको थियो । कार्यक्रममा रक्तचाप, मधुमेह, ज्वरो लगायत परिक्षण गरिएको थियो ।

समाजले यस्तै प्रकारको निशुल्क स्वाथ्य परिक्षण गत २० मे २०१६ मा पनि सोही स्थानमा गरेको र छिट्टै दुबई र शारजाहमा पनि गर्ने तयारीमा रहेको सोवित थापाले जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप