सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ठट्यौलीको नाममा सडकमा अन्जान युवतीलाई चुम्बन गर्ने युवक पक्राउ

शनिबार, ०१ माघ २०७३, १२ : १५
शनिबार, ०१ माघ २०७३

नयाँ दिल्ली – ठट्यौली भन्दै सडकमा हिँडिरहेकी युवतीहरुलाई चुम्बन गर्दै भागेको प्रयांक भिडियो सामाजिक सञ्जाल युट्युवमा अपलोड गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

युवक र उनका सहयोगीमाथि छेडछाड र अश्लिल सामग्री प्रशारण वितरण गरेको आरोप लगाइएको छ ।

गत हप्ता सुमित वर्मामाथि सेक्सन ३५४ र ६७ अन्तरगत मुद्दा दर्ता गरिएको थियो ।

वर्मासहित भिडियो खिच्ने सत्यजीतलाई गुडगाउँबाट दिल्ली प्रहरीको क्राइम ब्रान्च युनिटले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आलोचनापछि समाजिक सञ्जालबाट उक्त भिडियो हटाइ पनि दिल्ली प्रहरीले उक्त मुद्दालाई निकै गम्भिरताका साथ लिएको थियो ।

सुमित युट्युवमा ‘द क्रेजी सुमित’ नामको च्यानलमार्फत सन् २०१५ देखि सक्रिय रहेका छन् । उनले च्यानलमा प्रयांक भिडियो अपलोड गर्ने गरेका थिए ।

भिडियो आलोचना भएपछि सुमितले समाजिक सञ्जालमार्फत अर्को भिडियो जारी गर्दै माफीसमेत मागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप