४ करोड ४४ लाख बराबरको अवैध डलर बोकेका दुई महिलासहित तीन चिनियाँ पक्राउ
शनिबार, ०१ माघ २०७३, १२ : २६
काठमाडौं– चार करोड ४४ लाख नेपाली रुपैयाँ बराबरको अवैध डलरसहित तीन चिनीयाँ नागरिक पक्राउ परेका छन् ।
शुक्रवार राती महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले स्कारपियो गाडीमा डलर बोकेर रसुवातिर जान लागेका दुई महिलासहित तीन चिनियाँ नागरीकलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सर्वेन्द्र खनालले जानकारी दिए ।
एउटा सुट्केस र झोलामा फल्स बटन बनाएर लुकाई छिपाई बा.१ प १२३२ नम्बरको स्कारपियोमा डलर बोकेर हिँडेका चिनियाँ नागरीकको साथबाट प्रहरीले २ लाख ६० हजार अमेकिरी डलर, १ लाख १८ हजार युरो, स्विस फ्रयांक र क्यानडियन डलर बरामद गरेको छ ।
यसबारे मध्यान्ह २ बजे महाशाखामा पत्रकार सम्मेलन गरेर जानकारी दिईने एसएसपी खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण