मेस्सीबारे टिप्पणी गर्दा बार्सिलोनाका डाइरेक्टर हटाइए
बार्सिलोना – क्लबका फरवार्ड लियोनेल मेस्सीबारे व्यक्तिगत धारणा राखेबापत बार्सिलोनाले क्लबका अधिकारी माथि कारवाही गरेको छ ।
क्लबका डाइरेक्टर पेरे ग्राटाकोसले कोपा डेल रेमा एथ्लेटिक बिल्बाओ विरुद्धको खेलपछि टिप्पणी गर्दै ‘मेस्सीले गर्दा पनि टोलीले खेल नजितेको’ बताएका थिए ।
मेस्सीको ७८ औँ मिनेटमा गरेको फ्रिकक गोलको मद्दतले बार्सिलोना बिल्बाओलाई ४–३ ले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
ग्राटाकोसले भने, ‘आन्द्रेस इनियेस्टा वा नेयमार बिना मेस्सी उत्कृष्ट खेल्न सक्दैनन् ।’
क्लबले उनको भनाईको खण्डन गर्दै उनको विचारलाई व्यक्तिगत बताउँदै यसले क्लबको भनाईलाई प्रतिनिधित्व नगर्ने बताएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै बार्साले क्लबको स्पोर्टिङ रिलेसनको प्रमुख रहेका ग्राटाकोसको स्थानमा अन्यलाई नियुक्त गरिने बताएको थियो । यद्यपि, उनी क्लबको युवा एकाडेमीमा भने रहनेछन् ।
२९ वर्षीय मेस्सीले अझै बार्सिलोनासँग नयाँ करार अनुबन्ध गरेका छैनन् । उनको करार सन् २०१८ मा सकिँदैछ ।
५ पटकका बालोन डि’ओर विजेता मेस्सी १३ वर्षको उमेरदेखि क्लबमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण