तीन करोडको लागतमा खानेपानी आयोजना सुरु
म्याग्दी - बेनी नगरपालिका २ र ३ मा करिब रु तीन करोडको लागतमा ज्यामरककोट, अर्जन, रत्नेचौर खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ ।
खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय म्याग्दीमार्फत निर्माण सुरु भएको आयोजनाबाट भकुण्डे र अर्जमका ३६७ घरधुरी लाभान्वित हुने जनाइएको छ । रु दुई करोड ९८ लाख ७२ हजार २८५ लागत अनुमान गरिएको आयोजना आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको सवडिभिजन प्रमुख इञ्जिनियर शेखरचन्द्र केसीले जानकारी दिए ।
आयोजनामा उपभोक्ताको रु ५९ लाख ७४ हजार ४५७ बराबरको नगद तथा श्रमदान सहभागिता रहने कार्यालयले जनाएको छ । गत वर्ष रु दश लाख बराबरको काम भएको आयोजनाका लागि यस वर्ष रु ५५ लाख बजेट प्राप्त भएको छ । बिमीराबोटमा रहेको मुहानमा इन्टेक, ग्राभिटी ट्याङ्की र एक किलोमिटर पाइपलाइन बिछ्याउने काम सकिसकेको छ ।
मुख्य पाइपलाइन बिछ्याउनका लागि उपभोक्ताले श्रमदान गरेर नाली खन्ने काम गरिरहेका छन् । भकुण्डेमा एक लाख लिटर र अर्जममा पचास हजार लिटर क्षमत्ताको रिजर्भ ट्याङ्की निर्माण गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर थापाले बताए ।
प्रतिसेकेन्ड १.२ लिटर पानी आपूर्ति हुने आयोजनाबाट सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताउनुभयो । भकुण्डे र अर्जममा विसं २०३१ सालमा निर्माण भएको आयोजनाबाट खानेपानी आपूर्ति हुँदै आएको छ । पर्याप्त खानेपानी आपूर्ति नहुँदा स्थानीयवासीलाई समस्या भएको छ ।
नयाँ आयोजनामा एक घर एक निजी धारा हुने जनाइएको छ । उपभोक्ता समितिले सक्रियता देखाएर समयमै काम हुन सकेमा यस वर्ष सम्पन्न गर्नेगरी थप बजेट माग गर्न सकिने खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण