सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सांग्रीलाको भान्सामा ग्याकोकको मज्जा

शनिबार, ०१ माघ २०७३, १३ : २५
शनिबार, ०१ माघ २०७३

काठमाडौँ – जाडो मौसममा शरीरलाई तातो बनाउने खाना कसलाई मन नपर्ला ?

यदि तपाई पनि चिसो मौसममा शरीरलाई न्यानो बनाउने खानाको स्वाद आफ्नो परिवार, साथीभाई सँग लिन चाहनुहुन्छ भने सांग्रीला होटलको तिब्बती मेनु ग्याकोक तपाइँको रोजाईमा पक्कै पर्नेछ ।

ग्याकोक एक तिब्बती परिकार हो । यो मासु, बिभिन्न सागसब्जी, मसरुम, अण्डा, टोफु र बिभिन्न समुदी« खानाहरुबाट बनाइन्छ । यसका साथै किमची सलाद, स्टीम टी मःम, चिकेन मःक र शाहाकारी मःम ग्याकोकका नियमित मेनुमा पर्दछन् ।

ग्याकोक ग्राहकको रुचि र स्वाद अनुसार पनि परिमार्जन गर्ने सकिन्छ ।

सांग्रीला होटलमा ग्याकोकको मज्जा प्रति व्यक्ति रु १८०० र प्रति जोडी रु ३४०० मा उठाउन सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप