रियलसँगको दुरी घटाउँदै बार्सिलोना
बार्सिलोना – लुइस सुवारेजको दुई गोलको मद्दतले लास पाल्मासलाई पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी २ अंकमा झारेको छ ।
शनिबार ला लिगा अन्तरगतको खेलमा बार्सिलोना ५–० गोल अन्तरले विजयी भएको हो ।
सुवारेजले खेलको १४ औँ मिनेटमा नै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
तर, त्यसपछि पहिलो हाफमा कुनै गोल हुन सकेन ।
खेलको दोस्रो हाफमा भने ७ मिनेटको अन्तरालमा बार्सिलोनाले ३ गोल गरेको थियो ।
लियोनेल मेस्सी, सुवरेज र आड्रा टुरानले गोल गर्दै बार्सिलोनालाई ४–० को अग्रता दिलाए ।
योसँगै मेस्सीले सिजनको २६ औँ गोल पूरा गरेका छन् ।
खेलको ८० औँ मिनेटमा एलेक्सिस भिडालले गोल गर्दै बार्सिलोनाको गोलको वर्षा पूरा गरे ।
१८ खेलबाट बार्सिलोनाको ३८ अंक रहेको छ । दुई खेल कम खेलेको रियलको ४० अंक रहेको छ ।
रियलले आज राती सेभियाको सामना गर्दैछ ।
अर्को, खेलमा एथ्लेटिको म्याड्रिडले रियल बेटिसलाई १–० ले पराजित गर्दै लिगको चौँथो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण