श्रीलंकाबिरुद्ध दक्षिण अफ्रिकाको ह्वाइटवास
जोहानसवर्ग – अन्तिम टेस्टमा एक इनिङ र ११८ रनको भारी अन्तरले पराजित गर्दै टेस्ट श्रृंखला ३–० ले ह्वाइटवास गरेको छ ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ४२३ रन पछ्याउने क्रममा तेस्रो दिनमा श्रीलंकाले ४ विकेटको क्षतिमा ८० रनबाट शुरु गरेको थियो ।
यसअघि जेपी डुमिनीको १ सय ५५ रन तथा हासिम अमलाको १ सय ३४ रनको मद्दतले विशाल योगफल तयार गरेको थियो ।
तर, श्रीलंका १ सय ३१ रनमा अलआउट हुनपुग्यो । त्यसपछि दक्षिण अफ्रिकाले श्रीलंकालाई फलोअन गर्न लगाएको थियो ।
ओपनर दिमुथ करुनारत्नेले ५० रन बाहेक अन्य खेलाडीले कुनै खासै योगदान दिन नसकेपछि १ सय ७७ मा अलआउट हुन पुग्यो ।
श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युले आफ्नो टोली दक्षिण अफ्रिकाको मौसममा आफूहरुलाई खेल्न गाह्रो भएको स्वीकार गरे ।
दक्षिण अफ्रिकाका फास्ट बलरले यो श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरे । वायन पार्नेल, भेरोन फिलान्डर, कागिसो रबाडा र डुआने ओभिरले श्रीलंकाको ब्याटिङ क्रमलाई ध्वस्त बनाए । अन्तिम टेस्टमा स्पिनरले मात्र एक ओभर बलिङ गरेका थिए ।
एक वर्षअघि आफ्नै घरेलु मैदानमा इंग्ल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिकाले टेस्टको शीर्ष बरियता गुमाएको थियो ।
यो श्रृंखलामा जीतसँगै दक्षिण अफ्रिका बरियताको तेस्रो स्थानमा उक्लेको छ ।
पाकिस्तान अस्ट्रेलियासँग ३–० ले ह्वाइटवास भएपछि ऊ पाँचौ स्थानमा झmरेको छ ।
अब दक्षिण अफ्रिका र श्रीलंकाले ३ टी–२० र ५ एकदिवसीय खेलहरु खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण