सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

डिफेन्डिङ च्याम्पियन लेस्टरलाई हराउँदै चेल्सीलाई ७ अंकको अग्रता

आइतबार, ०२ माघ २०७३, १० : ३४
आइतबार, ०२ माघ २०७३

लण्डन – मार्को ओलोन्सोको दुई गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीलाई पराजित गर्दै चेल्सीले प्रिमियर लिगको शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ ।

टोलीको सर्वाधिक गोलकर्ता डिएगो कोस्टा बिनानै मैदानमा उत्रेको चेल्सीका लागि ओलोन्सोले खेलको छैटौँ मिनेटमा नै अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको दोस्रो हाफमा उनको अर्को गोल थपे ।

खेलको ७१ औँ मिनेटमा पेड्रोले अर्को गोल गरेपछि चेल्सीले सहज जित हासिल गर्यो ।

कोस्टा घाइते रहेको बताइएपनि उनलाई चीनको क्लबबाट ठूलो अफर आएको बताइएको छ । तर, प्रशिक्षक एन्टेनियो कोन्टेले त्यस्तो कुनै कुरा नभएको स्पष्ट पारे ।

जीतसँगै २१ खेलबाट चेल्सीको ५२ अंक रहेको छ । यो गत पूरा सिजनमा हासिल गरेको अंकभन्दा धेरै हो ।

उता, ह्यारी केनको ह्याट्रिकको मद्दतले वेस्ट ब्रोमविच आल्बियोनलाई पराजित गर्दै टोटनहम हटस्पर्स लिगको दोस्रो स्थानमा उक्लेको छ ।

ग्यारेथ म्याकआउलेले आत्मघाती गोल गरेपछि टोटनहम ४–० ले विजयी बन्यो ।

योसँगै स्पर्सले क्लबको लगातार ६ वटा लिग खेल जितेको किर्तिमान बाराबरी गरेको छ ।

२१ खेलबाट टोटनहमको ४५ अंक रहेको छ ।

त्यस्तै, स्वान्सीका दुई खेलाडीले आत्मघाती गोल गरेपछि आर्सनल ४–० गोलअन्तरले विजयी भएको छ ।

आर्सनलको जीतमा ज्याक कर्क र कायल नटनले आत्मघाती गोल गरेका थिए ।

सन् २०१४ को अक्टोबरपछि एकै खेलमा दुई आत्मघाती गोल गर्दै स्वान्सी पहिलो टिम बन्यो । यसअघि क्युपिआरले लिभरपुलविरुद्ध दुई वटा आत्मघाती गोल गर्यो ।

अन्य गोल ओलिभर जिरु र एलेक्सिस सान्चेजले गोल गरे ।

पछिल्ला ९ खेलमा जिरुले ११ गोल गरेका छन् । त्यस्तै, सान्चेज यो सिजन सर्वाधिक २१ गोलमा संलग्न भएका छन् । यो क्रममा उनले १४ गोल तथा ७ एसिस्ट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप