स्विट्जरल्यान्डका नेपालीको सहयोगमा नुवाकोटमा विद्यालय
नुवाकोट - नेपाली समाज बसेल स्विट्जरल्यान्डले भूकम्पले भत्काएको नुवाकोटको थानापती प्राथमिक विद्यालयको भवन निर्माण गरेको छ ।
हिमालय पिस एजुकेसन फाउन्डेसन संस्थामार्फत स्विट्जरल्यान्ड बसेलका नेपालीले पठाएको करिब रु १४ लाख ५७ हजारमा सो विद्यालयको चारकोठे भवन निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए ।
काठमाडौँबाट झन्डै ३२ किलोमिटर उत्तरतर्फ थानापती गाउँ विकास समिति, सानेपीपलको सो विद्यालयमा हाल दुई दर्जन बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका शिक्षक हरिबहादुर श्रेष्ठले बताए । नवनिर्मित भनवको जिल्ला शिक्षा कार्यालय, थानापती स्रोत केन्द्रका प्रमुख महेश्वर पाण्डेले हालै उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा नेपाली समाज बसेल स्विट्जरल्यान्डका सदस्य प्रवीणकुमार मगरले विदेशमा बसे पनि स्वदेशमा आपत् परेका नेपालीलाई सहयोग गराँै भन्ने भावनाले नेपाली खाना पकाएर बेच्ने तथा अन्य रचनात्मक कार्यक्रमबाट सङ्कलित रकम विद्यालय निर्माणमा प्रदान गर्न पाउँदा खुसी लागेको बताए ।
हिमालय पिस एजुकेसन फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले भूकम्प गएपछि नुवाकोट क्षेत्रमा टिनका ३०० अस्थायी घर र पाँच विद्यालय पुनःनिर्माणमा सहयोग गरेको बताए ।
स्थानीय हरिप्रसाद सिलवालको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयको जग्गा संरक्षण गर्न पर्खाल लगाउनुपर्ने तथा शैक्षिक गुणस्तर सुधार्न अझै सहयोगको खाँचो रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण