पटनामा डुंगा दुर्घटना : मर्नेको संख्या २४ पुग्यो
पटना – पटनामा भएको डुंगा दुर्घटनामा ज्यान गुमाउनेको संख्या आइतबार २४ पुगेको छ । युनियन कृषिमन्त्री राधा मोहन सिंहले दुर्घटनाको जिम्मेवार मुख्यमन्त्री नितिष कुमार भएको आरोप लगाएका छन् ।
मारिनेमा पुरुष, महिला र बालबालिकासमेत रहेका छन् । मकर संक्रान्तिमा आयोजना गरिएको चंगा उडाउने महोत्सवमा सहभागी हुन लागि उनीहरु डुंगा चढेर पुगेका थिए ।
२५ जनाको लागि बनाइएको डुंगामा ५० भन्दा बढी सवार भएपछि फर्कर्ने क्रममा डुंगा पल्टिएको समाचारमा उल्लेख छ ।
‘यो सरकारको असफलता हो । कार्यक्रमका लागि आवश्यक तयारी नगरेको कारण दुर्घटना भएको हो,’ एएनआईसँग कुरा गर्दै सिंहले भने ।
प्रधानमन्त्रीले दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारको लागि २ लाख भारतीय रुपैयाँ क्षतिपूर्तीको घोषणा गरेका छन् भने घाइतेहरुको परिवारका लागि ५० हजार सहयोग दिने बताएका छन् ।
अझै पनि उद्दारको प्रयास जारी रहेको छ तर, हराइरहेका १२ जनालाई जीवत फेला पर्ने आशा निकै कम हुँदै गएको छ ।
नितिश कुमारले ज्यान गुमाएका परिवारलाई ४ लाख रुपैयाँ राहत दिने घोषणा यसअघि नै गरिसकेका छन् । घटनाको छानविन गर्न निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण