सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

वैश्य समुदायलाई समेट्न माग

आइतबार, ०२ माघ २०७३, ०६ : ४९
आइतबार, ०२ माघ २०७३

दमक - राष्ट्रिय वैश्य युवा महासङ्घ नेपालले राष्ट्र निर्माणमा वैश्य समुदायको सहभागिता गराउन माग गरेको छ ।

देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान राखेको आफ्नो समुदायलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले संविधान संशोधन मार्फत आफ्ना माग पूरा गराउन दबाब दिन थालेका हुन् । वैश्यहरुको मागलाई संविधानमा समेट्नका लागि दबाब दिन महासङ्घको युवा टोलीले मेची–महाकाली वैश्य पहिचान अभियानको यहाँबाट आरम्भ गरेका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका केन्द्रीय महासचिव राजीव शाहले नेपालमा रहेका सबै वैश्य व्यवसायी भएको र राजनीतिक दललाई आफूहरुले सहयोग गरे पनि आफ्नो पहिचानलाई ख्याल नगरेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा महासङ्घका कोषाध्यक्ष श्यामनारायण शाहले २५ जाति रहेको वैश्य समाजको राजनीतिमा पहुँच बढाउन आवश्यक भएको बताए। नेपालमा वैश्य समुदाय करिब ३० लाखको हाराहारीमा रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप