ब्राजिलको कारागार कैदीको कब्जामा : १० जनाको टाउको काटेर हत्या
रियो – ब्राजिलको उत्तर–पूर्वी सहर नाटालमा रहेको सबैभन्दा ठूलो कारागारलाई कैदीहरुले नियन्त्रणमा लिएका छन् ।
प्रहरीका अनुसार अल्काकुज कारागारमा कम्तिामा १० जना कैदीहरुको हत्या गरिएको छ ।
दुई प्रतिस्पर्धी ग्याङबीच भएको झडपमा मारिनेको संख्या बढ्न सक्ने बताइएको छ ।
यो वर्ष ब्राजिलको कारागारमा भएको तेस्रो ठूलो झडप हो । यसअघि आमाजोनास र रोराइमामा रहेको कारागारमा भएको झडपमा १ सयभन्दा बढी कैदीले ज्यान गुमाएका थिए ।
ब्राजिलमा निकै शक्तिशाली मानिएको एक आपराधिक समूहमा आबद्ध कैदीहरुले विपक्षी समूहको कैदीहरुमाथि आक्रमण गरेपछि शनिबार साँझदेखि कारागारमा भिडन्त शुरु भएको थियो ।
‘हामीले उनीहरुको टाउको काटेको देख्यौँ,’ जेलका कोओर्डिनेटर जेमिल्टन सिल्भाले भने ।
बाहिरबाट विस्फोट र गोली चलेको आवाज प्रस्ट सुन्न सकिन्थ्यो ।
कारागारका कमाण्डर मेजर वेलिङटन केमियोले प्रहरीले कारागारभित्र छिर्न विहानसम्म पर्खने बताएका छन् ।
‘मर्नेको संख्या धेरै हुन सक्छ । तर, अहिले नै हामी भित्र छिर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘अहिलेसम्म कोही कैदी भागेको छैन ।’
कैदीहरुका आफन्त जेलबाहिर भेला भएका छन् ।
ब्राजिलमा यसरी जेलभित्र झडप बेलाबेला भइरहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण