६० लाख तिरेर तिब्बतीको पासपोर्टमा अमेरिका उड्न खोज्ने नेपाली दिल्लीमा पक्राउ
बुधबार, ०५ माघ २०७३, १८ : ५०
नयाँ दिल्ली – अमेरिकामा तिब्बती शरणार्थीको रुपमा बसोबास गर्दै आएका एक व्यक्ति नेपाली नागरिकलाई आफ्नो कागजात प्रयोग गरेर उडाउन खोज्दा पक्राउ परेका छन् ।
उनले नेपाली नगारिकसँग ४० लाख भारु लिएका थिए ।
प्रहरीका अनुसार वाङ्ग्याल पेमाले राजेन्द्र गुरुङलाई एक दलालको माध्यबाट महिपालपुरमा भेटेका थिए ।
गुरुङ जसरी भए पनि अमेरिका पुगेर शरणार्थीको रुपमा बस्न चाहन्थे तर उनीसँग आवश्यक कागजात थिएन । त्यसपछि एक दलालले उनलाई पेमासँग भेट गराए ।
प्रहरीका अनुसार दुवै आइतबार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा पुगेका थिए । पेमासँग अमेरिका जाने कानुनी कागजात र भिसा थियो । उता, गुरुङसँग मुम्बाईका लागि एयर इन्डियाको टिकट थियो ।
एक महिनाअघि भारत आएका पेपाले अध्यागमन च्यानल पार गरे । उता, गुरुङ पनि डोमेस्टिङ काएन्टरबाट एयर इन्डियाको उडानका लागि भित्र छिरे ।
त्यसपछि टर्मिनलमा भेटेर दुवै ट्वाइलेट गए र कागजात साटासाट गरे ।
त्यसपछि गुरुङ अमेरिकाको नेवार्कका लागि युनाइटेड एयरलाइन्सको फ्लाइट युए–८३ मा चढे । तर, कागजातको छानविन गर्दा एयरलाइन्सको स्टाफलाई शंका लाग्यो र विमानस्थलका अधिकारीलाई खबर गरे ।
तुरुन्तै उनलाई पक्राउ गरियो र सोधपुछ शुरु गरियो । त्यहाँ उनले आफू नेपाली नागरिक भएको र आफ्नो नाम राजेन्द्र गुरुङ भएको बताए । उनका अनुसार पेमासँग आफ्नो अनुहार मिल्ने हुँदा कसैले चिन्न सक्ने सोचेर अमेरिका जाने प्रयास गरेका थिए ।
गुरुङले योजना सुनाए पछि पेमालाई पनि पक्राउ गरी अध्यागन विभागलाई बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण