रौतहटमा भूमाफियासँगै शैक्षिक माफिया सक्रिय
रौतहट– रौतहटमा भु–माफियाको चलखेल बढेको गुनासो आइरहेका बेला शैक्षिक माफियाको चलखेलबारे पनि खुलासा भएको छ ।
एक पीडितले नेपाल शिक्षक युनियन रौतहटका पुर्व सभापति योगेन्द्र यादव शिक्षा माफिया भएको पत्रकार सम्मेलन नै गरेर खुलासा गरेका हुन् ।
पीडितका अनुसार यादवले शिक्षकमा जागिर लगाईदिने प्रलोभन दिएर आठ बर्ष अघि एकजना महिलासंग ६० हजार रुपैया लिएको तर अहिलेसम्म जागिर नलगाएको भनदै पत्रकार सम्मेलन गरेपछि रहस्योद्घाटन भएको हो ।
पत्रकार सम्मेलनमा रौतहट चन्द्रपुर ५ की निर्मला चौधरीले भनिन् ‘२०६५ सालमा खेत बेचेर जागिर खाने आसमा ६० हजार रुपैया यादवलाई दिएको तर हालसम्म नत जागिर पाए नत पैसा फिर्ता ? ’
पत्रकार सम्मेलनमा पटक पटक तागेता गरेपछि ६७ साल असार २१ गते यादवले नक्कली पत्र बनाउदै कामु जिशिअ अबदुल रउफ खाँको हस्ताक्षर गरेर पिसिएफ कोटाको चिठि दिएको पीडित चौधरीले बताइन् ।
यसैवीच पीडित चौधरीले योगेन्द्रलाई आवश्यक कार्वाहीका माग गर्दै बिहिवार जिल्ला प्रशासन कार्यालय गौरमा लिखित निवेदन दर्ता गराएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण