भक्तपुरमा स्कुल बस दुर्घटना, सात विद्यार्थी घाइते
शुक्रबार, ०७ माघ २०७३, ०६ : २७
भक्तपुर - सूर्यविनायक नगरपालिका पलासेबाट पाखा गाउँ जाँदै गरेको बा ५ च ७७४४ नम्बरको स्कुल बस आज दुर्घटना हुँदा सात विद्यार्थी घाइते भएका छन् ।
साँगाको फेमस इङ्लिस सेकेन्डरी स्कुलको विद्यार्थी बोकेर जाँदै गरेको बस सडकबाट ३२ फिट तल खेतमा खसेर दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी परिसरका हवल्दार दीपेन्द्र शाहीले जानकारी दिए ।
घाइते हुने विद्यार्थीमा वर्ष ८ कि कृसिना परियार, वर्ष ५ का युनिक परियार, वर्ष ८ को कबिर केसी, वर्ष ४ कि ऋषिका परियार, वर्ष ५ को पत्सर परियार, वर्ष ८ को पित्सिला परियार र वर्ष ६ को सुप्रिया खत्री घाइते भएका छन् ।
घाइतेमध्ये छ जनाको भक्तपुर अस्पतालमा र एक जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण