सुन तस्करीको अनुसन्धान गर्न कठिन : गृह मन्त्री (भिडियो)
मङ्गलबार, ११ माघ २०७३, १० : ३६
काठमाडौँ –गृह मन्त्रालयले सुन तस्करीबारे अनुसन्धान गर्न कठिनाई भइरहेको जनाएको छ । उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले भन्सार विभागमा अनुसन्धान गर्ने अनुमति गृह मन्त्रालयलाई नहुँदा अनुसन्धान प्रभावकारी नभएको बताएका हुन् ।
व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको मंगलबारको बैठकमा बोल्दै गृहमन्त्री निधीले सुन तस्करीको अनुसन्धान प्रक्रियालाई गोप्य ढंगले अघि बढाउनुपर्ने भएको उल्लेख गर्दै त्यसमा सबैको सहयोगको आवश्यक्ता रहेको पनि बताए । उनले सुन तस्करी काण्डलाई संगठित अपराध ऐन अन्तरगत रहेर नेपाल प्रहरीले अनुसन्धान प्रक्रियालाई अघि बढाएको पनि जानकारी दिए ।
बैठकमा बोल्दै समितिका सदस्यहरुले सुन तस्करी काण्डलाई छानवीनको दायरामा ल्याउन सरकारले प्रभावकारी कदम नचालेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण