गोली हानाहानपछि पक्राउ परेका पूर्वका कुख्यात अपराधी सार्वजनिक
संगठित अपराधको संञ्जाल ध्वस्त भयो : प्रहरी
सुनसरी–मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा अपराधिक घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ । समुह बनाएर अपराधिक कृयाकलाप संलग्नहरुलाई इलाका प्रहरी कार्यालय इटहरीले मंगलबार हतियारसहित सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेकाहरुमा टंकिसिनबारी ७ का श्रवण सरदार, नोचा ३ का सतन पासवान, इटहरी १३ खनारका करिश्मा चौधरी र मोरङ्ग सुन्दरदुलारीका अमर बहादुर मगर रहेका छन ।
सरदार, पासवान र चौधरी गत १७ गते इटहरीको खनारमा भएको प्रहरीसँगको गोली हानाहानमा घाइते अबस्थामा पक्राउ परेका थिए । उनीहरूले ६ जनाको समूह बनाएर हतियारको बलमा लुट मच्चाउँदै आएको प्रहरीको भनाई छ । मगर पनि यसै समुहमा रहेर अपराधमा साथ दिदै आएको थिए ।
यो समुहले मोरङ जिल्लामा फरक फरम मितिमा गोली प्रहार गर्नुको साथै लुटपाट गरेका थिए । कार्तिक २८ गते मोरङ, बैजनाथपुर ४ मा राजेश कुमार रायको साथमा रहेको दुई लाख १४ हजार नगद, मोटरसाइकल, मोबाईल लुटपाट गरेका थिए । उनीहरुले मोरङ कोशी हरैचा ४ मा मन्जु कार्की निरौलाले चलाएको स्कुटी रोकी पेस्तोल देखाई एक लाख ७५ हजार समेत लुटेका थिए । मोरङ बिराटनगरका बटेशकुमार साहलाई गोली हानी तीन लाख नगद लुटनुका साथै मोरङ रंगेलीका घनश्याम बहरदारलाई गोली प्रहार गरी दुई लाख नगद लुटने कार्यमा यो समुहको संलग्नता रहेको प्र्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुनसरीमा कार्तिक २८ गते रामधुनि भासी ७ चतरा नहरमा बिकेश रौनियारलाई हतियार देखाई पल्सर बाईक र २० हजार नगद लुटपाट, माघ ४ गते सुनसरीको दुहबी स्थित अग्रहरी चिउरा मिलमा हतियार देखाई ४० हजार बराबरको धनमाल लुटपाट र चैत १ गते सुनसरीस्थित सिमरीया ६ बस्ने चन्दीका भगतको घरबाट दुई लाख ३० हजार बराबर धनमाल लुटपाटमा पनि यसै समुहको हात रहेको थियो ।
यस बाहेक पनि बिभिन्न व्यक्तिमाथि गोली प्रहार गर्नुको साथै धाकधम्की दिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए । पत्रकार सम्मेलनमा ४ जनाबाट बरामद भएको हतियार तथा लागुऔषध समेत सार्वजनिक गरिएको थियो । उनिहरुको साथबाट प्रहरीले ३ थान अटोमेटिक पेस्तोल, एक थान कटुवा पेस्तोल, ६ राउण्ड गोली, चक्कु र लागुऔषध बरामद गरिएको थियो ।
गत माघ १७ गते इटहरीको खनारमा उनिहरुलाई इटहरी प्रहरी र क्षेत्रीय अनुसन्धान टोलीले पक्राउ गर्न खोज्दा दोहोरो झडप भएको थियो । सोही क्रममा प्रहरीको गोली लागी तिनजना घाइते थिए ।
सुनसरी र मोरङका अधिकाश घटनामा संलग्न पक्राउ परेपछि संगठित तवरले अपराध गर्ने अपराधीहरुको संञ्जाल ध्वस्त भएको डिएसपी सुवेदीले बताए । सार्वजनिक गरिएकाहरुले पूर्वमा साना हतियार र लागुऔषधको कारोबार समेत गर्ने गरेको सुवेदीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण