सुरु भयो रोजको ‘मेरो पैसा खै’, देखिएनन् जुही र राजपाल
काठमाडौं – बलिउड निर्देशक विवेक शर्माको पहिलो नेपाली चलचित्र ‘मेरो पैसा खोइ’को छायाँकन सुरु भएको छ ।
मंगलबार पुतली सडकमा पहिलो दृश्य कैद गर्दै चलचित्र सुरु गरिएको हो । एक हिरोइनको खोजिमा रहेको निर्माण युनिटले छुल्ठिम गुरुङलाई हिरोइनको रुपमा फाइनल गर्दै छायाँकन सुरु गरेको हो ।
निर्माता रोज राणाले पैतालिस दिनको तालिका मिलाएर चलचित्र छायाँकन सुरु गरिएको जानकारी दिए । सौगात मल्ल, बर्षा राउत, सागर तिवारी, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल र रविन तामाङ लगायत कलाकारको चलचित्रमा अभिनय रहनेछ ।
यस अगाडि अभिनेत्रीका रुपमा फाइनल भएकी बर्षा सिवाकोटीले भने चलचित्र छाडेकी छन् । भारतिय कलाकार जुही चावला र राजपाल यादव चलचित्रका लागि १५ माघ भित्र काठमाडौ आउने निर्माण युनिटले यस अगाडि बताए थिए । तर उनीहरुले अहिले आएका छैनन् । चलचित्रको छायाँकनको बीचमा उनीहरु नेपाल आउने निर्माण युनिटको भनाई रहेको छ ।
चलचित्रमा बसन्त सापकोटाको संगीत, चन्द्र पन्तको द्धन्द्ध रहनेछ । काठमाडौं, धुलिखेल र लुम्बिनीका लगायत भारतका बिभिन्न स्थानमा समेत चलचित्र छायाँकन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण